वडाध्यक्षको कक्षमा ताला, सम्बन्धित निकाय मौन
बाग्लुङ | भदौ १, २०७९
बागलुङको जैमिनी नगरपालिका-९ पैयुँथन्थापका वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’को कार्यकक्षमा स्थानीयले ताल्चा लगाईदिएका छन् ।
गत बिहिबार थापाको कार्यकक्षमा स्थानीयले ताल्चा लगाईदिएका हुन् । वडा अध्यक्ष थापा कार्यालयमा नगएको र गएको समयमा पनि जनतासँग कुरा राख्न चासो नदिई फर्किएकोले स्थानीयले ताला लगाईदिएको भगिन्द्र थापाले बताए । कार्यालयमा ताल्चा लगाईदा वडाको काम समेत प्रभावित बनेको छ ।
यसबारेमा बुझ्न वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र्’लाई पटक-पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । थापा विगत केही दिनदेखि वडा सदस्य मिना परियारलाई कार्यबाहक वडा अध्यक्षको जिम्मा दिएर कार्यालयमा आएका छैनन् । विभिन्न सञ्चार माध्यममा उनले घरमा श्रीमति छोराछोरी हुँदाहुँदै ताराखोलाकी एक युवतिलाई गर्भवति बनाएको भन्ने समाचार बाहिरिएसँगै थापाले मिना परियारलाई कार्यबाहक दिएर बिदामा बसेका छन् ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

